
काठमाडौँ, भदौ ७ :
नेपाली सेनाले काठमाडौँको चन्द्रागिरी- १२ बलम्बुस्थित वडा कार्यालय नजिक आज बिहान फेला परेको शङ्कास्पद वस्तु निष्क्रिय पारेको छ ।
स्थानीयवासीको घरमा शङ्कास्पद वस्तु फेला परेको जानकारी पाए लगत्तै परिचालित बम डिस्पोजल टोलीले उक्त शङ्कास्पद वस्तु सुरक्षित रुपमा निष्क्रिय पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
शङ्कास्पद वस्तु बम या अरु कुनै सामान के थियो भन्ने खुलाइएको छैन् ।