
नुवाकोट, भदौ ७ :
नुवाकोटको बेलकोट गढी नगरपालिका वडा नम्बर ७ ठुलो ढुङ्गा भन्ने स्थानमा वर्षाका कारण पहिरो खस्दा अवरुद्ध गल्छी त्रिशूली सडक खण्डमा एकतर्फी यातायातका साधन सञ्चालनमा आएका छन् ।
गए राती परेको वर्षाका कारण सडक खण्डको माथिल्लो भागबाट ठुलो ढुङ्गा सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।
पहिरोको केही भाग पन्छ्याएर सडक एकतर्फी रुपमा सुचारु गरिएको देवघाट प्रहरीले जनाएको छ ।