
तनहुँ, भदौ ८ :
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका- १२ घाँसीकुवामा खसेको पहिरो पन्छाएपछि एकतर्फी सवारी सञ्चालनमा आएका छन्।
निरन्तरको वर्षाले सडक माथिबाट ठुलो पहिरो खसेकाले हिजो बिहानैदेखि पोखरा भित्रिने र बाहिरिने सवारी साधन तनहुँमै रोकिएका थिए ।
सडकको पहिरो हटाएपछि एकतर्फी यातायातका साधन सञ्चालनमा आएको तनहुँ प्रहरीले जनाएको छ ।