मकवानपुर, भदौ ८ :

पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर- ९ मास्टर चोकमा ग्यास बुलेटले कारलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।

आज बिहान बारा, पथलैयाबाट हेटौँडा आउँदै गरेको भारतीय एन एल ०१ एल २९७१ नम्बरको ग्याँस बुलेटले पोखराबाट वीरगन्ज तर्फको जाँदै गरेको ग ३ च ८४४९ नम्बरको कारलाई ठक्कर दिँदा तीन जना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा कार चालक स्याङजा अरुणचौपाही नगरपालिका- १ का ३३ वर्षीय चुडा बहादुर विष्ट, पोखरा महानगरपालिका- ११ का ६३ वर्षका पुरण श्रेष्ठ र लमजुङ बेँसीसहर नगरपालिका ८ बस्ने वर्ष १७ की नेहा रानामगर रहेका छन् ।

घाइते तीनै जनाको हेटौँडा स्थित सञ्चो अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बुलेट चालक फरार रहेकोले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

फोटोः एनटिभी