
काठमाडौँ, भदौ ८ :
तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ ।
आज बिहान पोखराबाट काठमाडौँ आँउदै गरेको बस मर्स्याङ्दी नदीमा खसेको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।
बस पानीमा तैरिइरहेको र उद्धार कार्य जारी रहेको खबर प्राप्त भएको प्रजिअ गौतमले बताउनुभयो ।
बसमा सवार यात्रुको अवस्थाका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।