काठमाडौँ, भदौ ८ :

तनहुँको आँबुखैरेनीमा आज बिहान भएको भारतीय बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा १६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । घाइतेलाई उद्धार गरि उपचारका लागि स्थानीय अस्पतालमा पठाएको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

उद्धार कार्य जारी रहेको पनि उहाँले बताउनुभयो । भारतीय पर्यटक सवार युपी ५३ एफटी ७६२३ नम्बरको बस आज बिहान मर्स्याङ्दी नदीमा खसेको हो।

बस पोखराबाट काठमाडौँ आँउदै थियो ।