काठमाण्डौं, भदौ ८ :

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरामा मर्स्याङ्दी नदीमा खसेर मृत्यु भएका भारतीय यात्रुहरुको पोखरामा पोस्टमार्टम गरिने भएको छ । 

दुर्घटनामा मृत्यु भएका २७ जना शवको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइने तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । 

आज भारतीय नम्बर प्लेट–७६२३ को बस मर्स्याङ्दी नदीमा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् ।

दुर्घटनाको कारण अझै खुलेको छैन ।