
काठमाण्डौं, भदौ ९ :
तनहुँ दुर्घटनामा परी ज्यान गुमाएका मध्ये २५ जनाको शव भारतको महाराष्ट्र पठाइएको छ भने २ जनाको उत्तर प्रदेशको गोरखपुर पठाइएको छ ।
आज अपराह्न शव लैजान भारतीय सेनाको विमान भरतपुर विमानस्थलमा आएको हो ।
सो विमान मार्फत २५ शव पठाइएको छ ।
यसैगरी, दुर्घटनामा परी मृत्यु भएको चालक र सहचालकको शव स्थलमार्ग हुदै उत्तर प्रदेशको गोरखपुर पठाइएको छ ।