काठमाण्डौं, भदौ ९ :

सिन्धुलीको गोलोन्जोर गाउँपालिका–१ स्थित कुडुलेबाट सुनकोसी नदीमा खस्दा ३ जना वेपत्ता भएका छन् । नदीमा खसेको हाइलेक्स जीप भेटिएको छ । खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको हाइलेक्स  जीप दुर्घटना भएको हो  ।

बेपत्ता हुनेमा भक्तपुरको जगाती बस्दै आएका ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षका बलाम घटुवा छन् । गाडी अबिन बाकेले चलाएको जनाईएको छ ।

सुर्यबिनायक नगरपालिका स्थित जगातेमा बस्ने २७ वर्षीय सुशान्त कक्षपति भने हाम्फालेर बाँचेका छन् ।  कक्षपति घाईते छन्। नदीमा खसेको सो जीप निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।