काभ्रे, भदौ १० :

सुक्खा पहिरो खसेपछि अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएको छ ।

अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका- ८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका- ४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएका हुन् ।

आज बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएको र बाटो खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको छ । पहिरोले राजमार्गको जिरोकिलो- दोलालघाट खण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ ।