गोरखा , साउन १३ गते : उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी ५ जना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन् ।वेपत्ता हुनेहरुमा धार्चेका जीतबहादुर गुरुङ, कान्छी गुरुङ र सुकलाल गुरुङ र २ जना वाटर ईनर्जी हाईड्रोका कर्मचारी रहेका गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहाले जानकारी दिनुभएको छ । जीतबहादुर गुरुङ, कान्छी गुरुङ र सुकलाल गुरुङ एकै परिवारका हुन् । पहिरोले एउटा घर र गोठ बगाएको छ ।पहिरोमा परी स्थानीय छमबहादुर गुरुङ र मीनबहादुर गुरुङ घाइते भएका छन् । बेपत्ता भएकाको खोजी भइरहेको छ ।