काठमाडौँ, भदौ ११ :

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी/कार्यकारिणी समिति र केन्द्रीय सदस्यहरुको टुङ्गो लगाएको छ ।
    
हालै सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनले पार्टीको विधानबमोजिम कार्यविभाजन गरिएको जसपा नेपालले विज्ञप्ति मार्फत जनाएको छ । 

कार्यविभाजन अनुसार रकम चेम्जोङलाई सहअध्यक्ष चयन गरिएको छ। यस्तै, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर, विद्युत बज्राचार्य उपाध्यक्ष बन्नुभएको छ ।

महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा नियुक्त हुनुभएको छ भने प्रकाश अधिकारीलाई उपमहासचिव चयन गरिएको छ। मनिषकुमार सुमनलाई पार्टीको प्रवक्ता बनाइएको जसपा पार्टी कार्यालयले जनाएको छ । त्यसैगरी, दीपक कार्की र रेखा यादव पनि उपमहासचिव नियुक्त हुनुभएको छ ।

जसपा नेपालको सचिवमा लीला सिटौला, शैलेन्द्र साह, सुनी लामा राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेर्पा, कमरूद्धिन राई तथा कोषाध्यक्षमा  सुरिताकुमारी साह चयन हुनुभएको छ ।