काठमाण्डौं,साउन १३: उत्तरी गोरखाको धार्चेमा गएको पहिरोबाट घाइते भएका दुई जनाको उपचारका लागि काठमाडौँ ल्याईएको छ । स्थानीय ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङलाई कैलाश एयरको हेलिकोप्टर मार्फत उपचारका लागि टिचिङ अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

धार्चे ५ रेशा गाउँमा पहिरोमा परि बेपत्ता ५ जनाको खोजी कार्य भने जारी छ ।

धार्चे गाउँपालिका ५ रेशा बस्ने ३७ वर्षका जीतबहादुर गुरुङ, उनकी श्रीमती ३५ वर्षकी कान्छी गुरुङ, बुबा ६० वर्षका सुलार कान्छा गुरुङ, सिम्ला बस्ने ३३ वर्षका रमेश गुरुङ र आरुघाट गाउँपालिका ७ आरुपोखरीका २४ वर्षीय रमेश परियार छन् ।