काठमाडौँ, भदौ १५ :

प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गर्नुभएको छ ।

जीवन विज्ञान संस्थाद्वारा सङ्घीय सांसदहरूका लागि आज आयोजित स्वजागरण कार्यक्रममा उहाँले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुग्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले अनुशासनको पालना गरी सकारात्मक रुपान्तरण गर्न पनि आग्रह गर्नुभयो ।

हिंसा, लोभ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ सबैले काम गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

“हामीले अराजकता र अशिष्‍टता होइन, हजारौँ वर्ष पहिले नेपाली पुर्खाले यसै भूमिबाट सुरु गरेका योगलाई विस्तार गर्नुपर्छ । योग र ध्यानले मुटु र मस्तिष्कलाई स्वस्थ्य राख्छ । त्यसैले योगलाई विशेष महत्व दिनुपर्छ ” ओलीले भन्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न पार्टीका नेताहरू, सांसदहरूको सहभागिता थियो । सहभागीलाई रमेश नेपालले योगाभ्यास गराउनुभएको  हो।