भदौ १६ :

मोरङ- कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको १४औँ बैठक आज १ बजे बस्दै छ ।

गएको असार ८ गते बसेको १३औँ बैठकपछि अर्को सूचना जारी नभएसम्म बैठक स्थगन भएको सभामुख अम्वरबहादुर विष्टले जानकारी दिनुभएको थियो ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ।

संघीय सरकारको गठबन्धन फेरिएपनि कोशीमा नेपाली काँग्रेस र एमालेबीच सत्ता सहकार्यमा कुरा नमिल्दा प्रदेश सरकार गठन ढिलाइ भएको छ ।।