
जुम्ला, भदौ १७ :
जुम्लाको गुठीचौर गाउँपालिकाको गुठीचौर उपत्यकामा प्याराग्लाइडिङ महोत्सव हुने भएको छ ।
गुठीचौरको पर्यटन प्रवर्द्धनको उद्देश्यले यही भदौ २५ देखि ३० गतेसम्म प्याराग्लाइडिङ महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले जानकारी दिनुभयो ।
यसअघि गुठी चौरमा प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको छ । गुठी चौरको प्रचारप्रसार र पर्यटकीय गतिविधि बढाउनका लागि पालिकाले महोत्सव गर्न लागेको अध्यक्ष बुढाले बताउनुभयो ।
महोत्सवमा खुला पुरुष भलिबल प्रतियोगिता र खुला महिला देउडा प्रतियोगिता पनि आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।
फोटोः गुठीचौर गाउँपालिका