काभ्रे, जेठ १२ :

बनेपा नगर टेबलटेनिस संघको आयोजनामा प्रथम मेयर कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता जेठ १५ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष परमेश्वर श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

बनेपा नगरपालिकाको सहयोगमा हुने प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको कुल पुरस्कार राशि ३ लाख रुपैयाँ रहेको छ । तीनदिने प्रतियोगिताका खेलहरु बनेपाको बुडोलस्थित काभ्रे बहुमुखी क्याम्पसमा हुनेछ ।