काठमाण्डौँ , भदौ २६ :

विभिन्न चेतनामूलक कार्यक्रम गरि नेपालमा पनि आज विश्व आत्महत्या रोकथाम दिवस मनाइदै छ ।

विश्व आत्महत्या रोकथाम दिवस हरेक वर्ष सेप्टेम्बर १० मा मनाइन्छ ।

आत्महत्या रोकथामको लागि अन्तर्राष्ट्रिय सङ्घ र विश्व स्वास्थ्य सङ्गठनले आत्महत्या रोकथाममा ध्यान केन्द्रित गर्ने विश्वव्यापी प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दै आएको छ।

विश्व स्वास्थ्य सङ्गठनले हरेक वर्ष आत्महत्याका कारण ८ लाख भन्दा बढी मानिसहरूको मृत्यु हुने अनुमान गरेको छ ।

विश्वव्यापी आत्महत्या मध्ये लगभग ७७ प्रतिशत निम्न र मध्यम आय भएका देशहरूमा हुने गरेको उल्लेख छ ।

आत्महत्याको व्यवहारले परिवार र समुदायलाई गहिरो प्रभाव पार्नुका साथै लाखौँ प्रभावित भएकाले विश्वव्यापी चुनौती बन्दै गएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। 

आजको दिनलाई आत्महत्या सम्बन्धी चेतना जगाउने अवसरको रुपमा समेत लिइन्छ ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर आज काठमाडौँ, पोखरा लगायतका शहरहरूमा विभिन्न संघ- संस्थाले प्रभातफेरी निकाल्नुका साथै सचेतनामूलक कार्यक्रमको आयोजना गरेका छन्।