काठमाडौँ, भदौ २६ :

 प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैको बैठक आज बस्दैछ ।

प्रतिनिधिसभाको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयकमाथि छलफल गरी आजै पारित गर्ने कार्यसूची कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र शहरी विकास मन्त्रालय सम्बन्धमा सांसदहरुले मौखिक रुपमा उठाउनुभएका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुहुने छ ।

राष्ट्रिय सभाको आजै बस्ने बैठकमा महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरिने छ ।

यसैगरी, राष्ट्रिय सभाका विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन समेत आजैको बैठकबाट तोकिने कार्यसूची रहेको छ ।।