शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति अर्थतन्त्र

बेरुजु नियन्त्रणका लागि तीन तहबीच समन्वय अपरिहार्य : सभामुख घिमिरे

सभापति पोखरेलले भने- हाल देखिएको सात खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ बराबरको बेरुजुले आर्थिक सुशासनमा गम्भीर प्रश्न उब्जियो।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २२ असार, २०८२ मा प्रकाशित
बेरुजु नियन्त्रणका लागि तीन तहबीच समन्वय अपरिहार्य : सभामुख घिमिरे
काठमाडौं, असार २२ :

सभामुख देवराज घिमिरेले बेरुजु समस्यालाई नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताएका छन्। प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले आज राजधानीमा आयोजना गरेको बेरुजुसम्बन्धी राष्ट्रिय कार्यशालामा बोल्दै उनले पारदर्शी र वैज्ञानिक खर्च प्रणाली तथा लेखाप्रणाली आवश्यक रहेको बताए।

सभामुख घिमिरेले भने, ‘उत्पादनका माध्यमबाट अर्थतन्त्र सुदृढ गर्दै वैज्ञानिक ढङ्गले खर्च गर्ने, लेखाप्रणाली पारदर्शी बनाउने र आम्दानी–खर्चको व्यवस्थापन व्यवस्थित गर्नु महत्वपूर्ण छ।’ उनले तीन तहबीच हार्दिकता र आपसी विश्वासको खाँचो औँल्याउँदै लेखाप्रणाली सुधारले संघीय प्रणालीको सम्बन्धसमेत मजबुत बनाउन सक्ने धारणा राखे।

कार्यशालामा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले हाल देखिएको सात खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ बराबरको बेरुजुले आर्थिक सुशासनमा गम्भीर प्रश्न उठाएको बताए। ‘बेरुजु न्यूनीकरण गर्न प्रदेश र स्थानीय तहका लेखासमितिलाई अझ सक्रिय बनाउनु जरुरी छ,’ उनले भने, ‘महालेखापरीक्षकको कार्यालयले पनि वित्तीय र कार्यमूलक लेखापरीक्षणलाई अभियानकै रूपमा अघि बढाउनुपर्छ।’

महालेखा परीक्षक तोयम रायले अघिल्लो आर्थिक वर्षमा ५ हजार ७०० कार्यालयको लेखापरीक्षण गरिएको जानकारी दिँदै सबै बेरुजु कानुनविपरीत कार्यकै परिणाम नभएको स्पष्ट पारे। उनले लेखा परीक्षणमा खटिने कर्मचारीलाई आर्थिक अनुशासनमा रहन निर्देशन दिइएको बताए।

उपसभामुख इन्दिरा रानाले सरकारी ढुकुटीको सदुपयोग गर्न इमान्दारिता आवश्यक रहेको बताउँदै सरकारी निकायका कर्मचारीलाई परीक्षणको क्रममा सरकारी आवासको प्रयोग सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।

महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षको तुलनामा बेरुजु ९.४५ प्रतिशतले वृद्धि भएको जनाइएको छ। सोह्रौँ योजना अन्तर्गत सन् २०८५/८६ सम्म कुल गार्हस्थ उत्पादनको अनुपातमा बेरुजु पाँच प्रतिशतमा सीमित राख्ने लक्ष्य लिइएको भए पनि हाल यो लगभग १२ प्रतिशतको हाराहारीमा रहेको जनाइएको छ।

समितिका सचिव एकराम गिरीले समितिले महालेखा परीक्षकको प्रतिवेदनका आधारमा सरकारलाई निर्देशन दिने र अनुगमन गर्ने जिम्मेवारी निर्वाह गर्दै आएको बताए।

कार्यशालाको निष्कर्ष अनुसार बेरुजु मात्र प्राविधिक विषय नभई आर्थिक अनुशासन र सुशासनसँग जोडिएको गम्भीर मुद्दा भएकाले यसको नियन्त्रणका लागि नीतिगत सुधार, कानुनी कार्यान्वयन, सूचना प्रविधिको प्रयोग र सम्बन्धित निकायबीचको समन्वय अपरिहार्य हुने धारणा व्यक्त गरिएको छ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार