काठमाण्डौँ , भदौ ३१ :

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार आज  दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने  कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक- दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । 

कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरी चल्ने  सम्भावना रहेको छ। 

यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।  कोशी बागमती र गण्डकी प्रदेश एक- दुई स्थानमा  मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ । 

कोशी प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेकाले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन विभागले अनुरोध गरेको छ ।