सप्तरी, भदौ ३१ :

पूर्व- पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका- १ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि माइक्रोबसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ  । 

आज बिहान भारदहबाट सुनसरीतर्फ जाँदै गरेको प्र १- ०२- ००१ ज ३८६६ नं. को विङगरले सडक छेउमा बच्चाको साथमा उभिरहेकी ५० वर्षीय अनिता देवि अधिकारी र उनकै १० महिनाको नाती आदर्श अधिकारीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका आदर्शको बिराट नर्सिङ होम बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । 

ठक्करबाट घाइते भएकी अनिता देवी अधिकारीको टाउको, छाति, बाया खुट्टा लगायतका भागमा चोट लागेको छ । उहाँको उपचार भइरहेको छ । 

प्रहरीले चालक सप्तरी छिन्नमस्ता गाउँपालिका  ७ बस्ने ३२ वर्षीय अबदुल सतारलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जनाएको छ । 

उक्त घटनापछि स्थानीयले पूर्व- पश्चिम राजमार्ग अवरोध गरेका छन् ।