काठमाडौं, भदौ ११ :

नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई सामाजिक सञ्जालमा एक युवतीको चरित्र हत्या गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमति आदेशपछि साइबर ब्युरोले उनलाई नियन्त्रणमा लिएको हो।

बझाङकी रश्मिला धामीले महरविरुद्ध गालीबेइज्जती तथा चरित्र हत्या सम्बन्धी उजुरी दिएकी थिइन्। उजुरीमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कारबाही माग गरिएको थियो।

प्रहरीका अनुसार, महरले सामाजिक सञ्जालमा लाइभमार्फत पीडितको चरित्र हत्या गरेको आरोप छ। यसअघि पीडित महिलाले महरविरुद्ध बलात्कारको उजुरी पनि दिएकी थिइन्। जसमा पाटन उच्च अदालतले अनुसन्धान अघि बढाउन आदेश दिएको थियो।