काठमाडौँ, असोज १ :

 सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस हुनुभएको छ । संबैधानिक परिषदको आजको बैठकले सर्वोच्च अदालतका बरिष्टतम् न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

आज बालुवाटारमा बसेको बैठकले प्रधानन्यायाधीशको सिफारिस गरेको हो । संबैधानिक निकायका अरु नियुक्ति भने आज भएन । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर फकिएपछि मात्र अन्य नियुक्ति सिफारिस हुने उपसभामुख इन्दिरा राना मगरले जानकारी दिनुभयो ।