
रामेछाप सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका –५ सुनारपानी हुँदै वडा ४ सालु जाँदै गरेको डबल क्यापको बोलेरो गाडी दुर्घटना भएको छ ।
दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
मन्थलीबाट सालु जाँदै गरेको बा १८ च १८६९ नम्बरको बोलेर गाडी मन्थली नगरपालिका –५ सुनारपानीस्थित भदौरे डाँडा मोडमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।
६ जना गम्भीर गम्भीर घाइते भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा परी सोही वडाका ६० वर्षीया पद्ममाया नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परी सोही वडाका चालक ४२ वर्षीय गुनकुमार थापामगर र ६९ वर्षीय दिलीपकुमार बरुवाललाई उपचारका लागि काठमाडौँ ल्याईएको छ ।
अन्य घाइतेमा सोही वडाकी ३४ वर्षीया सीता नेपाली, २५ वर्षीया सुजीता रसाइली, २५ वर्षीया सरिता नेपाली र सरिताकी पाँच महिनाका छोरी रोनिषा छन् ।
सामान्य घाइतेको मन्थलीस्थित रामेछाप सामुदायिक अस्पताल र मन्थली अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिनुभयो ।
घाइतेहरूको सदरमुकाम मन्थलीस्थित विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।