यस बर्षको दशैंका लागि यही असोज १२ गते शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात व्यवस्था विभागबीच आगामी शनिवारदेखि टिकट बुकिङ्ग खुलाउने लगायतका विषयमा सहमति भएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले सक्रियन्युजसँग कुरा गर्दै महासङ्घ र यातायात व्यवस्था विभागका साथै विभिन्न सरोकारवाला निकायबीच छलफल गर्दा चाँडपर्वमा सवारी ब्यवस्थापन सहज बनाउन २० बुँदे निर्णय गरेको जानकारी दिनुभयो ।
टिकट लिँदा सकेसम्म अनलाइनबाट लिने व्यवस्था मिलाउने विषयमा पनि सहमति भएको छ।
यसैगरी, सडकमा भएका खाल्डाहरु पुर्न र मर्मत गर्न सरोकारवाला पक्षलाई आग्रह गर्ने निर्णय पनि भएको अध्यक्ष स्वाँरले जानकारी दिनुभयो ।
२० बुँदे सहमति अनुसार चाडपर्वमा सवारी साधन तथा सडकको अनुगमन गर्ने पनि समावेश छ ।
यात्रुको परिचय पत्रको आधारमा नियमानुसार पाउने छुट दिन पनि सहमति भएको छ ।