
काठमाण्डौँ , असोज १० :
पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ- बुर्तिबाङ खण्ड अन्तर्गत गलकोट क्षेत्रको सडकमा क्षति पुर्याएपछि जोखिम मोलेर सवारी साधन चलाउनुपर्ने बाध्यता बनेको छ।
वर्षासँगै आएको पहिरोले त्यस क्षेत्रको लोकमार्गमा दर्जनौँ स्थानमा क्षति पुर्याएको छ।
ठाउँठाउँमा पहिरोले सडक बगाउनुका साथै पुरिएका कारण चाडवाड नजिकिँदै गर्दा यात्रा जोखिमपूर्ण बनेको स्थानीयको गुनासो छ।