कञ्चनपुर/ बाजुरा, असोज १० :

कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । 

चट्याङ लागेर दोधारा चाँदनी नगरपालिका- ६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका- १ की २८ वर्षीया हिरामती रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिनुभयो ।

चट्याङ लागेर दोधारा चाँदनी- ६ का ३७ वर्षीय जगदिश सुनार घाइते भएका छन् । 

रुखमा ओत लाग्ने क्रममा चट्याङ लागेर उनी घाइते भएको प्रहरीले जनाएको छ । उनको प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँँदनीमा उपचार भइरहेको छ ।

त्यस्तै,  चट्याङ लागेर बाजुरामा  एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगङ्गा नगरपालिका- ४ बागेगाउँका ६० वर्षीय खम्म कटुवाल रहेका छन् ।

चट्याङ लागेर कटुवालको घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लागेर गौमुल गाउँपालिका- ४ की ४० वर्षीया साउनी रोकाया घाइते भएकी छिन् ।

उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । चट्याङ लागेर रोकायाका चार बाख्रासमेत मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जनक बोहराले जानकारी दिनुभयो ।