आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राजेन्द्र लिङ्देन#पुष्पकमल दाहाल ‘प्रचण्ड’#आरेन राई#श्रम संस्कृति पार्टी#राजनीतिक प्रतिवेदन#अर्थतन्त्र#रेशमलाल चौधरी#गगन थापा पुस्ता#कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका #राजेन्द्र लिङ्देन#पुष्पकमल दाहाल ‘प्रचण्ड’#आरेन राई#श्रम संस्कृति पार्टी#राजनीतिक प्रतिवेदन#अर्थतन्त्र#रेशमलाल चौधरी#गगन थापा पुस्ता#कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका
राजनीति

कांग्रेस महाधिवेशनको मिति फेरि सर्‍यो, वैशाख २८-३१ सम्म काठमाडौंमा हुने

महामन्त्रीद्वय थापा र शर्मा विशेष महाधिवेशन पुसभित्रै गर्नुपर्ने अडानमा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १८ पुस, २०८२ मा प्रकाशित
कांग्रेस महाधिवेशनको मिति फेरि सर्‍यो, वैशाख २८-३१ सम्म काठमाडौंमा हुने
काठमाडौं, पुस १८ :

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको मिति फेरि सरेको छ । अब चुनावपछि आगामी वैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा हुने भएको छ। 

शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशन वैशाख २८-३१ गतेसम्म गर्ने  कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको प्रस्ताव पारित पारित भएको छ ।
यसअघि मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले पुस २६-२८ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयअनुसारको महाधिवेशन तालिका प्रभावित भइसकेको छ ।

महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन पुसभित्रै गर्नुपर्ने अडानमा छन् ।
विशेष महाधिवेशन पक्षधरहरूले पुस २७ र २८ गते विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा हल समेत बुक गरिसकेका छन्।

यस्तो छ नयाँ तालिका :

१.चैत २१ – वडा अधिवेशन
२.चैत २५- गाउँ/नगर अधिवेशन
३.चैत २८ – प्रदेश सभा क्षेत्रीय अधिवेशन
४.वैशाख २ – प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको जिल्लाको जिल्ला अधिवेशन
५.वैशाख ५ – दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र रहेको जिल्ला अधिवेशन 
६.वैशाख १०, ११ र १२ – प्रदेश अधिवेशन 
७.वैशाख २८, २९, ३० र ३१- केन्द्रीय अधिवेशन 

र यो पनि…

चुनावपछि महाधिवेशन गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार