चितवन, असोज १३ :

लगातरको वर्षाका कारण आज बिहान नारायणी नदीमा पानीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । जलमापन केन्द्र देवघाटमा आज बिहान नदीको पानीको सतह ११ मिटर ३५  सेन्टिमिटर पुगेको छ ।

जलमापन केन्द्र स्थापनाकाल देखि नै हालसम्म नदीको सतह यति माथि पुगेको पहिलो हो । यस अघि असार असार २२ गते १० मिटर ४६ सेन्टिमिटर पुगेको थियो ।

नारायणी नदीमा नौ मिटर पानीको सतह पार गर्नुलाई खतरा मानिन्छ ।

मापन अनुसार सात मिटर ३० सेन्टिमिटर सहत पार गर्नुलाई नदीको बहाव मापदण्ड भन्दा माथि रहेको सतर्कताको अवस्था मानिन्छ ।

अहिले नदी किनारका बस्तीका बासिन्दाहरुलाई सचेत रहन आग्रह गरिएको छ ।  

लगातार परेको वर्षाका कारण चितवनको अधिकाँश क्षेत्र जलमग्न बनेको छ ।