काठमाडौँ, असोज १५ :

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको महासभामा गएर फर्कनु भनेको भैंसी दुहुन गएर दूध ल्याएको जस्तो नभएको बताउनुभएको छ ।

राष्ट्र संघीय महासभामा सहभागी भएर आज स्वदेश फर्कनु भएका प्रधानमन्त्री ओलीले पत्रकारहरुले सोधेको एक प्रश्नमा सो जवाफ फर्काउनुभएको हो ।

तपाइँको भ्रमणबाट नेपालले के पायो भन्ने प्रश्नमा प्रधानमन्त्रीले देखिने गरी केही लिएर आउने भ्रमण यो नभएपनि देशकै बिचार र आम समस्या विश्व समुदायसँग राखेको प्रष्ट पार्नुभयो । 

उहाँले जलवायू परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई विश्वभर पुर्‍याएको दावी पनि गर्नुभयो ।