
काठमाण्डौं, असोज १६ :
गत शुक्रबारदेखि परेको अविरल वर्षाका कारण भएको बाढी पहिराेको पीडामा परेका पीडितहरुलाई लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जी अन्तर्गतका विभिन्न क्लबहरूले निःशुल्क भोजन प्रदान गरिरहेका छन्।
उनीहरूले काठमाडौंको कुलेश्वर क्षेत्रमा ३०० भन्दा बढी बाढी पीडित भोकाहरूलाई दैनिक भोजन सेवा प्रदान गरिरहेका छन् भने भक्तपुर र पनौतीमा पनि निःशुल्क खाना वितरण भइरहेको जनाएका छन् ।
यस सहयोग अभियानमा संलग्न लायन्स क्लबहरूले बाढीबाट प्रभावित व्यक्तिहरूलाई आगामी दिनहरूमा पनि निशुल्क भोजन प्रदान गर्ने योजना बनाएका छन् ।
यस प्रकारको मानवीय सेवाले बाढीले घरबार गुमाएका र आर्थिक संकटमा परेका पीडितहरूलाई ठुलो राहत मिलेको छ।