
काठमाण्डौं, असोज १७ :
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा छापा मारेको छ । सो क्रममा आयोगले केही कागजातहरु बरामद गरेको जनाएको छ ।
प्राधिकरणमा अनियमितता भएको आशंका गर्दै आयोगले अनुसन्धान गरिरहेको छ । त्यस क्रममा टोलीले प्राधिकरणबाट केही महत्वपूर्ण कागजात बरामत गरेको हो ।
नागरिक उड्डयन प्राधिकरणको भवन निर्माणको अनियमिततावारे उजुरी अनुसन्धानको सिलसिलामा कागजात माग भएको थियो ।
कतिपय महत्वपूर्ण कागजात उपलब्ध नगराएपछि कार्यालयमा नै पुगेर आयोगले छापा मार्दै कागजात लिएको हो ।
अनियमितता गरेको आशंकामा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।