काठमाण्डौं, असोज १८ :

भक्तपुर जिल्ला स्थित हनुमन्ते खोलाको जल सतह सतर्कता नजिक पुगेको छ ।

जगाती जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जलसतह बढ्दो क्रममा रहेकोले हनुमन्ते खोला नदी तटीय क्षेत्रमा रहेका स्थानीयहरुलाई आज दिउँसो सम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि सामाजिक संजाल फेसबुक मार्फत सतर्क रहन आग्रह गरेको छ ।