
काठमाण्डौं, असोज १९ :
चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ ।
पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा हिजो साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो ।
खोरसोर नजिकको पुल क्रस गरेर आउँदै गर्दा सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो । जग्दुका साथमा रहेका अर्का एक जना भने भागेर बाँच्न सफल भएका छन् ।