काठमाण्डौं, असोज १९ :

विपद्‍बाट बढी प्रभावित जिल्लाका पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिएको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २६ औँ बैठकले असोज १० गतेदेखि १३ गतेसम्म परेको अबिरल वर्षाका कारण बाढीपहिरोले क्षति पुगेका स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणाका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उप सचिव एवम् प्रवक्ता  र सूचना अधिकारी डा. डिजन भट्टराईले विभिन्न जिल्लाका ४० भन्दा बढी स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिएको जानकारी दिनुभयो।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २६ औँ बैठकले विपद्‍बाट बढी प्रभावित जिल्लाका पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको छ। 
यो सिफारिस मन्त्रीपरिषद्बाट संख्यामा थपघट हुनसक्ने र संकटग्रस्त घोषणाले सरकारले पुर्ननिर्माण र पुर्नस्थापनाको काम सहज, सरल र छिटोछरितो गर्न सहज हुने बताईएको छ ।

गृहमन्त्री रमेश लेखक अध्यक्षतामा बसेको समितिको बैठकले पाँचथर, ओखलढुंगा, उदयपुर, धादिङ, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर र चितवनका गरी विभिन्न ४० भन्दा बढी पालिका संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिएको हो ।