काठमाण्डौँ , असोज २१ :

प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको हो । 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले हिजोदेखि अनिवार्य अवकाश पाएपछि राउत प्रधानन्यायाधीश बन्नुभएको हो । राउतको कार्यकाल प्रधानन्यायाधीशका रूपमा २०८२ सालको चैतसम्म रहनेछ ।

यसअघि यही असोज १६ गते राउतको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतले अनुमोदन भएको थियो ।