
काठमाडौँबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको यात्रुवाहक बस दोलखाको भीमेश्वर नगरपालिका- ८ चरङ्गेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रदेश ३- ०१- ००६ ख ४८४३ नम्बरको बस दुर्घटना हुँदा ७ जना भन्दा बढि घाइते भकाएका छन् ।
घाइतेको उद्धार गरी उपचारको लागि दोलखा सदरमुकाम चरिकोट स्थित सामुदायिक अस्पतालमा पुराएकोमा रामेछाप जिल्ला उमाकुण्ड ६ का २२ वर्षीय लोक बहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यक्रम दोलखा प्रहरीले जनाएको छ ।
गुप्तेश्वर का २२ वर्षीय धन बहादुर खड्काको अवस्था गम्भीर रहेको र बाँकी छ जनाको अवस्था सामान्य रहेको सामुदायिक अस्पताल चरिकोटले जनाएको छ ।
अन्य घाइतेलाई चरिकोट स्थित सामुदायिक अस्पतालमा ल्याउँदै गरेको भए पनि अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
ईको भ्यानलाई ओभरटेक गर्ने क्रममा बस सडकमै पल्टिएको प्रहरीले जनाएको छ।