असोज २६ :

दशैँ मनाउन संघीय राजधानी छाडेर मानिसहरु गाउँ फर्किएपछि यतिखेर राजधानी काठमाडौँ सुनसान प्राय: छ । 

काठमाडौँका सडकहरुमा सवारी साधन निकै कम गुडेका छन। 

सँधैँ जामको सामना गरिरहेका कतिपय सवारी चालकहरु दशैँमा नयाँ अनुभव हुने गरेको बताउँछन । 

सडकमा केही ट्याक्स र निजी सवारी साधनबाहेक अरु साधन देखिँदैन । मोटरसाइकल  चालकहरु  पनि  कमै भेटिन्छन।

मन्दिर जानेहरुको भने बाक्लै उपस्थिति भेटिन्छ ।