
तनहुँ, असोज २८ :
तनहुँको को व्यास नगरपालिका- ६ श्याम्घा स्थित मादी नदीमा नुहाउने क्रममा आज एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपुरको गैँडाकोट नगरपालिका- २ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नदीले बगाएको स्थानदेखि एक किलोमिटर तल पोख्रेलको शव फेला परेको प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिनुभयो ।
दसैँमा ससुराली आएका पोख्रेललाई नुहाउने क्रममा नदीले बगाएको हो। स्थानीयवासी र प्रहरीले खोजतलास गरी उनको शव फेला पारेको बताएका छन्।