पर्वत, असार ३० :

लगातारको वर्षाको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ। दुई दिनदेखि अविरल वर्षाले पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको शालिग्राम शिला डुबाएको छ ।

अविरल वर्षाका कारण कालीगण्डकी नदी र सेतीखोलाको जलसतह उल्लेख्य रूपमा बढेको छ। मनसुन सक्रिय भएसँगै नदीको बहाव बढेपछि उक्त धार्मिक तथा पर्यटकीय महत्व बोकेको शिलाको केही भाग मात्र देखिन्छ। जलसतह नघटेसम्म शिलाको दर्शन तथा अवलोकन प्रभावित हुने भएको छ।