
काठमाण्डौँ , असोज ३० :
दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक कार्यालय आजदेखि खुल्ने भएका छन् ।
फूलपातीका दिनदेखि द्वादशीसम्म बन्द रहेका कार्यालय आजदेखि खुल्न लागेका हुन् ।
आज सरकारी तथा सार्वजनिक कार्यालय खुल्ने भएकाले काठमाडौँ उपत्यका सहित देशभरका शहरमा चहलपहल बढ्न थालेको छ ।