काठमाडौं, भदौ ११ :

ल्हेन्दे खोलाको माथिल्लो क्षेत्रमा हिमपहिरोका कारण खोला थुनिएर पुन: ताल बनेको  छ।  उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र तालबाट पानी बाहिर बग्न सुरु गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

चीनको जलस्रोत मन्त्रालयका अनुसार आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी उक्त क्षेत्रमा जम्मा हुन सक्ने अनुमान गरिएको छ। सम्भावित बाँध फुट्ने जोखिमलाई ध्यानमा राख्दै तालको अवस्था निरन्तर निगरानी गरिरहेको छ।

चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्स र सीसीटीभीका अनुसार ताल नेपाल–चीन सीमा नजिकै केरुङ काउन्टीमा पर्ने चीनतर्फको छोचेन खोला र नेपालतर्फको पुरेपु छाङ्पो नदीको संगमस्थलमा बनेको हो। उक्त स्थान रसुवागढी नाकाबाट करिब २.५ किलोमिटर टाढा रहेको बताइएको छ।

तालबाट पानीको बहाव बढेमा वा बाँध फुटेमा तल्लो तटीय क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने जोखिम छ । भोटेकोशी नदीमा हिजो बाढी आएको स्थानमा नदी थुनिएर ताल   सुरक्षित स्थानमा रहन तथा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।  चिनियाँ इन्जिनियरको टोलीले ड्रोनमार्फत खोला थुनिएर ताल बनेको स्थानको तस्बिरसमेत खिचेर सार्वजनिक गरेका छन् ।