शुक्रबार, १६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये थप आठ जनाको शव फेला

सक्रिय न्युज · १२ घण्टा अगाडि प्रकाशित
हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये थप आठ जनाको शव फेला
मनाङ, असोज १६ :

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये  थप आठ जनाको शव भेटिएको छ ।

यही असोज ११ गते गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको सङ्ख्या १५ पुगेको छ । बिहिबार बिहान चार जनाको शव भेटिएकामा  बिहिबार नै दिउँसो थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि सात जनाको शव भेटिएको थियो । हिम्लुङ हिमपहिरोमा परेर अझै एक जना हराइरहेका छन् । 

नेपाली सेनाको हेलिकप्टरमार्फत  ती शव ल्याइएको हो । यसैगरी नेपाली सेनाको टोलीले स्थानीय तथा अन्य सुरक्षा निकायसँगको समन्वयमा चामे गाउँपालिका–४ स्थित ठाडो खोलामा पहिरोका कारण थुनिएको मस्र्याङ्दी नदीको बहाव खुलाउने तथा अवरुद्ध विद्युत् प्रसारण लाइन सुचारु गर्ने कार्य पनि गरिरहेको छ ।

हिमालको आधार शिविरमा यही असोज ११ गते बिहान हिमपहिरो गएको थियो । उक्त क्षेत्रमा नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन (एनएनएमजीए)ले खोज तथा उद्धारका लागि ११ सदस्यीय उद्धार दक्ष टोली खटाएको छ ।  

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार