सुनसरी, असोज १९ :
प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
इनरुवा नगरपालिका–३ सखुवागाछी चोकमा गएराति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रक रोकी जाँच गर्ने क्रममा ८३ वटा बोरामा ‘प्याक’ गरिएको उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पुष्पराज मल्लले जानकारी दिए ।
बन्दागोबी बोकेको ट्रकमा लुकाएर लैजाँदै गरेको अवस्थामा सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय चालक राजु राई र १८ वर्षीय सहचालक सन्दीप राईलार्ई पक्राउ गरिएको हो । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्छौं : प्रधानमन्त्री शाह
फौजदारी मुद्दाहरूमा मिलापत्र हुन सक्दैन, कसैले गरेमा दण्डित गरिने : मन्त्री गौतम
लिगमार्फत जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरू विस्तार गर्न व्यवस्थापनलाई निर्देशन