सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय#उपसभापति विश्वप्रकाश शर्मा#झलनाथ खनाल#नेकपाबाट बाहिरिए#महामन्त्री विपिन आचार्य#प्रधान सेनापति#अशोकराज सिग्देल#डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा #जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय#उपसभापति विश्वप्रकाश शर्मा#झलनाथ खनाल#नेकपाबाट बाहिरिए#महामन्त्री विपिन आचार्य#प्रधान सेनापति#अशोकराज सिग्देल#डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा
समाचार

परराष्ट्रमन्त्री खनाल प्रि कोप लिडर्स इभेन्टमा सहभागी हुन फिजीमा

सक्रिय न्युज · ६ घण्टा अगाडि प्रकाशित
परराष्ट्रमन्त्री खनाल प्रि कोप लिडर्स इभेन्टमा सहभागी हुन फिजीमा
काठमाडौं, असोज १९ :

परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजी पुगेका छन्।

‘फिजी’ र ‘टुभालु’मा यही असोज १९ र २० गते हुने कार्यक्रममा सहभागी हुने क्रममा  मन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आज फिजी पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्री खनालले २० गतदेखि आयोजना हुने नेताहरूको पूर्ण सत्र (लिडर्स प्लेनरी) मा सम्बोधन गर्ने कार्यक्रम छ । उक्त सत्रअघि उहाँले ‘पलाउ’का राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसमेतको उपस्थितिमा आयोजना हुने सञ्चारकर्मीसँगको प्रश्नोत्तर कार्यक्रममा पनि सहभागिता जनाउनेछन् ।

जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी संवाद र सहकार्यलाई अगाडि बढाउने उद्देश्यले आयोजना हुने प्रि–कोप लिडर्स इभेन्टमा नेपालको सहभागिताले जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा हिमाली राष्ट्रका सरोकारका विषयलाई अन्तरराष्ट्रिय मञ्चमा उठाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

फिजी र टुभालुमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाएपछि परराष्ट्रमन्त्री खनाल अस्ट्रेलिया प्रस्थान गर्ने परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

उनले असोज २२ गते अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्ताका क्रममा नेपाल–अस्ट्रेलिया सम्बन्ध, द्विपक्षीय सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ ।  

अस्ट्रेलिया भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली दूतावास र सिड्नीमा रहेका नेपाली डायस्पोराद्वारा छुट्टाछुट्टै आयोजना हुने कार्यक्रममा पनि सहभागिता जनाउनेछन् ।

ती कार्यक्रममार्फत उनले अस्ट्रेलियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् ।

मन्त्री खनाल यही असोज २६ गते नेपाल फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार