
काठमाण्डौँ , कात्तिक ८ :
सङ्घीय संसद्को राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।