
काठमाण्डौँ , कात्तिक ११ :
देशभर पश्चिमी वायुका साथै बङ्गालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव समेत रहेको छ ।
हाल कोशी प्रदेशमा आंशिक देखी साधारणतया बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू- भागमा आंशिक देखी साधारणतया बदली र बाँकी भू- भागमा आंशिक बदली देखी देखि मौसम मुख्यतया सफा रहने छ ।
देशका पहाडी भू- भागका एक- दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राती कोशी प्रदेश लगायत देशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेशका पहाडी भू- भागका एक- दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाको बुलेटिनमा उल्लेख छ ।