
काठमाण्डौँ , कात्तिक १४ :
पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले आज बालुवाटारमा प्रदर्शन सुरु गरेको छ ।
प्रदर्शनका क्रममा केही नेता कार्यकर्ता पक्राउ परेका छन् ।
रास्वपाले आज बालुवाटार नजिक नेपाल हाउसको अगाडि विरोध प्रदर्शन गरेको हो ।
शान्तिपूर्ण रूपमा उभिएर प्रदर्शन गर्दै गर्दा प्रहरीले काठमाडौँ जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरु पक्राउ परेको रास्वपाले जनाएको छ ।
सभापति लामिछानेलाई षड्यन्त्रपूर्वक गिरफ्तारी गरिएको आरोप लगाउदै रास्वपाले विरोध जनाउदै आएको छ ।