ललितपुर, कात्तिक २६ :

ललितपुर महानगरपालिकाले ललितपुरको हरिहरमा रहेको राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचना भत्काएको छ ।

महानगरले आज बिहान डोजर र नगर प्रहरीहरू परिचालन गरी अनधिकृत संरचना भत्काएको हो ।

मापदण्ड विपरीतको संरचना भत्काउन अदालतले आदेश दिएसँगै महानगरले डोजर लगाएर भत्काएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिनुभयो ।